arrow

घरबाट गहनासहित नगद चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
gold-final-news.jpg

चितवन । पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ । 

रत्ननगर नगरपालिका वडा नम्बर १२ निबासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मंगलबार दिउँसो १२: ४५ बजे गहना र नगद रु दुई लाख ५० हजार चोरी भएको हो । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ