arrow

नेपाल-भारतसम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छः किराँती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
sudan kirati.jpg

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढिरहेको बताएका छन् । 

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए ।

उनले योग गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गरे । उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उनले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए । 

किराँतीले भने, ‘योग गर्न र मनोरम दृश्य हेर्न भारतका दिदी बहिनी, दाजुभाईलाई निम्तो गर्दछौँ । नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ । पोखराबाट सिधै भारतको विभिन्न शहरहरुमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको छ । पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा हामील उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जान्छ । इतिहासमा पनि पोखरा भारत, नेपाल र चीनको व्यापारिक ठूलो नाका थियो । नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाईमा बढीरहेको छ । प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ । कोशेढुंगा सावित भएको छ सम्बन्धमा ।’

मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ