arrow

परराष्ट्रमा जनशक्ति अभाव : मन्त्री साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
Np-saud-minister.jpg

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको बताए । 

“यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति दुई सय ८३ जना मात्र छ”, उनले भने, “कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौँ ।”

‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उनले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा गुनासो बढेको बताए । 

उनले राहदानी सरकारलाई सरकारमार्फत (जिटुजी) खरिद गर्न समयको अभाव भएको भन्दै ‘भेरियसन’ मार्फत खरिद गर्न तयारी रहेको जानकारी दिए ।

“मैले एक देशको राजदूतावासमार्फत पासपोर्ट जिटुजी ‘सप्लाइ’ गर्न सकिन्छ कि भन्ने छलफल गर्दा चार महिनाभित्र गर्न सकिन्न भन्ने कुरा आयो”, उनले भने, “त्यसैले भेरियसनमा जानुपर्ने अवस्था छ ।”

उहाँले ६६ पेजको छापिएको चार लाख राहदानीमा दुई वर्षको अवधिमा जम्मा पाँच हजार मात्र वितरण भएको बताउँदै यसप्रतिको आकर्षण कम भएकाले मूल्य पाँच हजार कायम गरेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ