arrow

खोटाङमा विष्फोटक आवाजपछि भेटिएको एक किलोको ढुङ्गा नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
stone-khotang-explosion.jpg
तस्बिर– उत्तम चौलागाईको फेसबुकबाट ।

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खामा एउटा ढुङ्गा फेला परेको छ । ढुङ्गा याम्खा प्रहरी चौकीले नियन्त्रणमा लिएर जिल्ला ल्याएको छ । 

बुधवार दिउँसो ३ः३० बजे १३–१४ पटक विष्फोटक पदार्थ झैँ पड्किएको आवाजले मानिसहरु घर छोडेर भागेको स्थानीयले बताएका छन् । प्रहरीले ढुङ्गा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त ढुङ्गालाई त्यहीँ राखिएको छ । त्यसमा कुनै अनुसन्धान भने भएको छैन । उक्त ढुङ्गा चट्याङ परेर ठोक्किएको हुन सक्ने अड्कलसहित केही अनुसन्धान नगरी राखिएको प्रहरीले जनाएको छ । 

यो ढुङ्गा भेटिएपछि भने सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका थिए । यसलाई कसैले कालो मुस्लोसहित आगोको झिल्का देखिएको भनेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ