काठमाडौँ । रिडी पावरको शुक्रबार विशेष साधारण सभा बस्ने भएको छ । सभामा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ ।
यस्तै, हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै ५० प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यसले सोही पूँजीमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासनपछि यसको चुक्ता पूँजी २ अर्ब ३१ रुपैयाँ पुग्नेछ ।
सभा प्रयोजनका लागि यसले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।