arrow

अदालतको आदेश नमान्ने

बालेनले राखे हिन्दी फिल्म चल्न नदिने अडान

'यसको लागि जुनसुकै सजाय भोग्न तयार छु । तर फिल्म चल्न चल्दैन र चल्न दिइने छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले कुनै पनि हालतमा महानगरमा हिन्दी फिल्म चल्न नदिने अडान लिएका छन् । अदालतलेसमेत उनलाई चलचित्र चल्न नरोक्न आदेश दिए पनि उनले कुनै हालतमा हिन्दी फिल्म चल्न नदिने बरु सजाय भोग्न तयार रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले ‘अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु । तर फिल्म चल्न चल्दैन र चल्न दिइने छैन’ भनेका छन् । 

यसैबीच पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई १२ असारमा बोलाएको छ । काठमामडौं महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा गत सोमबारदेखि काठमाडौँ महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ