arrow

रक्षामन्त्री र सेना प्रमुखबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
china-defence-budget.jpg

चीन । चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङफुले बुधबार बेइजिङमा दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलका प्रमुख रुद्जानी माफवान्यासँग भेटवार्ता गरेका छन् ।

लीले चिनियाँ पक्ष दक्षिण अफ्रिकी सेनासँग रणनीतिक सञ्चारलाई गहिरो बनाउन, संयन्त्रको निर्माणमा सुधार गर्न, सेनाबीचको गहिरो र मूर्त सहयोग आदानप्रदानलाई अगाडि बढाउन सच्छुक रहेको बताएका छन् । 

त्यसैगरी साझा सुरक्षा चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न पनि चीन इच्छुक रहेको उनले बताएका छन् ।

माफवान्याले चिनियाँ पक्षसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग आदानप्रदान गर्न र त्यसलाई निरन्तरता दिन, सेनाबीचको सम्बन्ध सुधार गर्न र संयुक्तरूपमा योगदान गर्न इच्छुक रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ