arrow

पडगाउँडाडामा बोलेरो दुर्घटना, घाइते चारमध्ये एक गम्भीर

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असार ८ शुक्रबार
bolero-accident-kavre-2080-03-08.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाडामा एउटा बोलेरो गाडी दुर्घटनामा परेको छ । पडगाउँडाडादेखि क्लबघर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको हो ।

गाडीमा चालकसहित ४ जना सवार भएकामा सबै घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । 

घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ