पडगाउँडाडामा बोलेरो दुर्घटना, घाइते चारमध्ये एक गम्भीर
सरोजश्री अधिकारी,
प्रकाशित २०८० असार ८ शुक्रबार
909
Shares
काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाडामा एउटा बोलेरो गाडी दुर्घटनामा परेको छ । पडगाउँडाडादेखि क्लबघर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको हो ।
गाडीमा चालकसहित ४ जना सवार भएकामा सबै घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।