arrow

बेथानचोकमा बोलेरो दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असार ८ शुक्रबार
bolero-accident-kavre-2080-03-08.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका बेथानचोक गाउँपालिका ४ पड्गाँउडाँडाका दलबहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपास्थित शिर मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बेथाञ्चोक ४ का वडाध्यक्ष कृष्णबहादुर पाख्रिनले बताए । 

अरु घाइते राजु लामाको टाउकोमा गम्भीर चोट लागेको छ । चालक श्रीराम खत्रीको दुवै खुट्टामा चोट लागेको र अर्का घाइते धमाइ तामाङलाई सामान्य चोटपटक लागेको छ । 

पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ