arrow

कांग्रेस पूर्व जिल्ला सभापतिको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
nepali-congress-flag.jpg.jpeg

सिन्धुपाल्चोक ।  नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा  निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए ।

 कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए । लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

 लामाको दुई छोरा र चार छोरी छन् । विद्यार्थीकाल देखिनै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका  लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए  । उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ