arrow

पहिलो जितको खोजीमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
nepal-flag.jpg

काठमाडौं ।  किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । 

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्न लागेको हो । 

नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । 

नेपाल आज पहिलो जितको खोजीमा छ । 

नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो । 

नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो । 

यस्तै शुक्रवार किर्गिस्तानको बी टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ