arrow

तेह्र जुवाडे खालबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । तारकेश्वर नगरपालिका १० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका १३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँदेवी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई  प्रहरीले पक्राउ गरको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ