arrow

काभा पुरुष भलिबल नेसन्स लिगका सबै खेलमा नेपाल पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
volleyball team nepal.jpg

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 
    
बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५-२१ दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले पराजित गर्यो । 

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो ।

यसैगरी नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक कीर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ