arrow

उपत्यकास्तरीय फुटसल च्याम्पियनशिप असार १४ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
futsal-championship-2080-03-11.jpg

काठमाडौँ । यही असार १४ गते काठमाडौँ उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनशिपको आयोजना हुने भएको छ । 

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने यस प्रतियोगितमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लास्थित स्थानीय तहका सबै २२४ वडाहरुका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुको विभिन्न फुटसल टिमहरुलाई सहभागी गराइनेछ । 

उपत्यकाका २१ वटै स्थानीय तहबाट असार १४ गते देखि २२ गते सम्ममा पालिका च्याम्पियनका लागि आ–आफ्नो पालिकामा वडा स्तरीय खेल खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोहकाबीच फाइनल खेल खेलाइने छ ।

यस प्रतियोगितामा वडा स्तरमा रहेका ३ हजार युवाहरुले प्रत्यक्ष प्रतिष्पर्धा गर्नेछन् भने हजारौँ युवाहरु यस प्रतियोगितामा परिचालित हुने आयोजकले जनाएको छ । 

भ्याली फुटसल च्याम्पियनशिप टिमलाई २ लाख नगद, उपविजेता टिमलाई १ लाख नगद, उत्कृष्ट खेलाडी १ जनालाई १० हजार नगद, उत्कृष्ट गोलरक्षक १० हजार, पालिका च्याम्पियन १० हजार नगद दिइने भएको छ । 

IMG_5309.jpg
IMG_5307.jpg
IMG_5308.jpg
IMG_5305.jpg
IMG_5299.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ