arrow
ADVERTISEMENT

‘नेपाली खेलकुदको वृत्तान्त’ बजारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
nepali-khelkudko-britanta-book.jpg

काठमाडौँ । प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ । 

खेल पत्रकार नवीन अर्यालले लेखेको सो पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यही असार चौथो साता सार्वजनिक गर्न लागिएको हो । लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो । 

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ । साथै सीमित साधनस्रोतबीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिबद्ध गरिएको छ ।

ऐतिहासिक तस्बिरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ । 

नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपूर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ । 

नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शुन्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ । 

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ । 

साथै निकट भविष्यमै खेलकुद सम्बन्धी करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ