arrow

जिल्ला निर्वाचन कार्यालयहरु जहीँको तहीँ – अर्थमन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
prakashsharan-mahat-2080-03-12.jpg

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा विषयमा प्रवेश नगर्दै रास्वपा र एमालेका सांसदले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज मान्य नहुने भनी संसद अवरोध गरेपछि संबोधन गर्ने क्रममा महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका हुन् । 

उनले आफ्नो पार्टी नेपाली काँग्रेस र वर्तमान सरकार कुनै पनि हालतमा निर्वाचन निष्पक्ष हुनुपर्छ भन्नेमा निरन्तर लागिरहने भन्दै अन्यथा नलिन आग्रह गरे । 

उनले निर्वाचन आयोग र सरोकारवाला निकायहरुसँगसमेत छलफल गरी यो निष्कर्षमा पुगेको पनि उनले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ