- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज दुई पार्टीको संसदीय दलको बैठक बस्दैछ ।
आज नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्दैछ ।
दुवै पार्टीको छुट्टा छुटै बैठक संसद भवनमा बस्न लागेको हो ।
बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ ।
दुवै दलले बजेट संशोधनसहित पाश गर्नुपर्ने बताउँदै आएका छन् ।
एकीकृत समाजवादीको बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।
बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।