arrow

सरकारी सरह निजी स्कुलका शिक्षकलाई तलब सुविधा दिन बालेनको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले निजी विद्यालययले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् । 

संस्थागत (निजी)  विद्यालयले शिक्षकहरूलाई कानून सम्मत तलब नदिएको गुनासो गरेपछि मेयर साहले सार्वजनिक रूपमा नै शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।

‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजी–प्राइभेट) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ’, साहले भनेका छन्, ‘यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तीभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

सोही बमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको भन्दै तलब स्केल सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’

 



नयाँ