arrow

बुढानीलकण्ठमा भक्तजनको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
budhanilkantha-wvp-pilgrima.jpeg

काठमाडौं । हरिशयनी एकादशीको अवसरमा काठमाडौंको बुढानीलकण्ठमा भक्तजनको घुइँचो लागेको छ । 

हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरका तुलसी मठमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । सोही अवसरमा बिहानै देखि भक्तजन बुढानीलकण्ठ पुगेका हुन्

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतिकका मानिन्छ । 

आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ । 

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ