arrow

यसरी घट्यो एक महिनामै बैंकहरूको बेस रेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । 

यसअघि हरेक तीन–तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ ।
 
एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । 

बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर (चैत, बैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको छ । फागुन, चैत र वैशाखको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

यस अवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंकमा रहेको छ । एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेको छ । 

सबैभन्दा कम औसत आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.२४ प्रतिशत छ । स्टान्डर्ड चार्टर्डको ९.२९ प्रतिशत र नेपाल बैंकको ९.५५ प्रतिशत औसत आधारदर रहेको छ । 

बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ