arrow

सिजी ब्रुअरीका बोतल प्रयोग गरी उत्पादन तथा बिक्री वितरण नगर्न ओम ब्रुअरीलाई आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
cg-brewery-chaudhary-gropup.png

काठमाडौँ। उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग बियरले सिजी ब्रअरीका बोतल अनधिकृत प्रयोग गरेकोमा उक्त कार्य तत्काल रोक्न र सिजी ब्रअरीको बोतल प्रयोग गरी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ।

ओम ब्रुअरीद्वारा सीजी ब्रुअरी(नेपाल)प्राइभेट लिमिटेड इम्बोस सहितको बोतल प्रयोग गरी जोमसोम स्ट्रंग बियरको उत्पादन गरिएको हुँदा, सो कार्य कानुन विपरीत देखिएकाले उद्योग विभागका महानिर्देशक बाबुराम गौतमबाट देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम सो बियरको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन अन्तरकालीन आदेश भएको हो।

यस अघि, सीजी ब्रुअरीले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग बियरले सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अङ्कित नेपाल आइसको बियरको बोतलमा रहेको ‘सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’ नामलाई खुर्किएर ग्राहकहरूलाई झुकाउने गरी बोतलहरूमा जोमसोम स्ट्रंग बियरको स्टिकर लगाई बिक्री वितरण गरेको र यस कार्यले सीजी ब्रुअरीको डिजाइन र ट्रेडमार्कको ख्यातिमा असर पुगेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो।

“ओम ब्रुअरी प्रालिले उजुरीकर्ताको मन्जुरी बेगर सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अङ्कित बियरको बोतलमा रहेको ‘सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’ नामलाई खुर्किएर ग्राहकलाई झुकाउने गरी उजुरवालको नाम अङ्कित बोतलहरूमा जोमसोम स्ट्रंग बियर स्टिकर लगाई आफ्नो उत्पादन उजुरीकर्ताको नाम तथा ट्रेडमार्क अङ्कित बोतलमा भरी बजारमा विक्री वितरण गर्दै आएको हुँदा सो कार्य पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ ९२० विपरीत देखियो,”आदेशमा भनिएको छ।

सीजी ब्रुअरीद्वारा उत्पादित नेपाल आइस बियर नेपाली उपभोक्ता बिच लोकप्रिय ब्रान्ड हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ