arrow

कोशीमा पनि ढल्यो एमालेको सरकार, हिक्मतले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
hikmatkumar-karki-koshi-2080-03-15.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री कार्की बाहिरिएका छन् । आजको प्रदेश सभामा ८९ सांसद उपस्थित भएका हुन् । 

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा उपस्थित भइनन् । 

अब नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ । विपक्ष दलका नेताहरुले आफूहरुको सरकार बनाउने दाबीसहित प्रदेश प्रमुखकोमा जाने तयारी गर्दैछन् । 

उनीहरुले सभामुखकोसमेत हस्ताक्षर लगेर जान लागेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ