arrow

बर्खे विपत्

बर्खाको यात्रा खतरा बन्दै, नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, हजारौँ यात्रु अलपत्र

देशभरका सयौँ सडकखण्डहरु अवरुद्द, छैन कुनै सडक खुलाउने ठोस संयन्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
narayanghad-mugling-2080-03-15.jpg

मुग्लिन । नारायणगढ–मुग्लिन  सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

तीन दिनदेखि सो सडकखण्ड भएर आवत जावत गर्ने सवारी साधन निर्धारित समयमा कतै पुग्न पाएका छैनन् । आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यसअघि आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।  

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार साँझ ५ बजे २८ घण्टापछि खुलेको थियो । 

पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । 

पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

अहिले देशभरका सयौँ सडक खण्डहरु पहिरो, बाढी लगायतका कारणले अवरुद्ध छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ