arrow

ट्वीटरमा सीमा निर्धारण गर्दै मस्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
twitter-files-elon-musk-black-list.jpg

काठमाडौं ।  ट्वीटरका मालिक एलन मस्कले ट्वीटमा ठूलो घोषणा गरेका छन् । उनले प्रयोगकर्ताले एक दिनमा पढ्न सक्ने पोष्टको सङ्ख्या तय गरेका छन् । 

उनले ट्वीटरमा भेरिफाइड अकाउन्टबाट दिनमा अधिकतम ८ हजार पोष्टहरू पढ्न सकिने जनाएका छन्। अनभेरिफाईड अकाउन्टबाट ८ सय र नयाँ अनभेरिफाईड अकाउन्टबाट ४ सयको समा निर्धारण गरेका छन् । 

तर यो समिमा पनि घटबढ हुन सक्ने देखिन्छ । यसअघि शनिवारै उनले भेरिफाइड अकाउन्टबाट दिनमा ६ हजार पोष्ट पढ्न सक्ने बताएका थिए । तर त्यसको सीमा बढाएर ८ हजार पुर्‍याएका छन् । 

सीमा निर्धारण पछि मस्कले ट्विट गर्दै प्रयोगकर्ताले  ट्वीटरलाई दुर्व्यसनी रूपमा नलिई बाहिर जान आवश्यक रहेको बताएका छन् । 

उनले लेखेका छन्,' मैले "दृश्य सीमा" सेट गर्नुको कारण हामी सबै ट्वीटर दुर्व्यसनी हौं र बाहिर जान आवश्यक छ। म यहाँ संसारको लागि राम्रो काम गर्दै छु। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ