arrow

विश्वकप छनोट प्लेअफ

नेपाल र यूएई मैदानमा, नेपाल पहिले फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
cricket-nepal-uae-202307-02.jpg

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । सुपर सिक्समा पुग्न सफल नेपाल र यूएई प्लेअफको सेमिफाइनलमा भिडिरहेका हुन् । 

यो प्लेअफ सातौँ स्थानका लागि प्लेअफ सेमिफाइनल खेल हो । खेल हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भइरहेको छ । 

यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्याण्डसँग फाइनल खेल्नेछ । पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

आयरल्याण्ड प्लेअफमा अमेरिकालाई ६ विकेटले हराउँदै सातौँ स्थानका लागि भएको खेलमा फाइनलमा पुगेको हो । 

नेपालले समूह चरणमा अमेरिकालाई पराजित गर्दा जिम्बाब्वे, वेष्ट इन्डिज र नेदरल्याण्ड्ससँग पराजय भोगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ