arrow

गोडरेजको नयाँ इन्भरटर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
godrej-inverter-ac-chaudhary.jpg

काठमाडौँ। ६५ वर्षको लामो इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ। गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदूषण, कीटाणुहरू ९९.९५ सम्म नष्ट गरी वातावरणलाई स्वास्थ्य पार्दछ।

यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ। टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित  यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । गोडरेजको यस एअर कन्डीसनरमा १० वर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल र अनलाइन सपिङ साइट cgdigital.com.np  मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुम हरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर बनेपा, पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपाल भरी छरिएका सर्भिस सेन्टरहरूबाट उत्कृष्ट बिक्री पश्चात् सेवा पनि प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ