arrow

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते 

logo
सोनी शर्मा, 
प्रकाशित २०८० असार १७ आइतबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

तनहुँ । तनहुँमा बस र मोटरसाइकल ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका –१ बरादीमा ग २ ख १२३५ नम्बरको बस र बा.प्र. ०२–०१५ प ६२३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक धादिङको नेत्रावती डबजोङ गाउँपालिका –४ का २७ वर्षीय सागर तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार धादिङ नेत्रावती डबजोङ गाउँपालिका –२ बस्ने वर्ष २७ का सुरेन तामाङ घाइते भएका छन् । घाइतेको आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ