arrow

एनएसजेएफको १८औँ वार्षिक साधारण सभा सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
nsjf-general-assambly-2080-03-18.jpg

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १८औं वार्षिक साधारण सभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेलमा आइतबारदेखि शुरु भएको दुई दिने उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो । पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सीएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्वल आचार्यले प्रशिक्षण दिए । उक्त प्रशिक्षण ६४ जना खेल पत्रकार सहभागी भएका थिए । 

मञ्चले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो । उक्त दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटीएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो । 

सोमबार मञ्चको १८औं वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सत्रमा राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की र पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुली लगायतले विचार राखेका थिए । 

उक्त साधारण सभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन पेश भएको थियो । सो प्रतिवेदन साधारण सभाले पास गर्यो । 

सोमबार उक्त साधारण सभामा राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ