arrow

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
china-russia-army.jpg

काठमाडौं ।  चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङ्फुले सोमबार बेइजिङमा रुसी नौसेनाका कमाण्डर–इन–चीफ निकोले येभमेनोभसँग भेटवार्ता गरेका छन् । 

सो अवसरमा उनीहरूबीच क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न पहल गर्ने बारे छलफल भएको बताइएको छ ।  

वार्ताका क्रमममा रक्षामन्त्री लीले दुई राष्ट्र प्रमुखले चीन र रुस सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगको खाका तयार गरेको बताएका छन् । 

उनले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन, नौसेना सञ्चारलाई सुदृढ गर्न र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्न पनि आह्वान गरेको बताइएको छ ।

आफ्नो तर्फबाट येभमेनोभले रुसले चीनसँगको सैन्य सहयोग अभिवृद्धिलाई ठूलो महत्त्व दिएको र दुई देश र सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनसँग निकट समन्वय कायम गर्न इच्छुक रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ