arrow

मनसुनी वायुको प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
weather-kathmandu-raining.jpg

काठमाडौं ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार विहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भइरहेको छ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ