arrow

एसीसी यू–१६ इस्ट जोन कप

नेपाल लगातार उपाधिमा ह्याट्रिक गर्ने बाटोमा, मलेसियालाई २५३ रनको चुनौती, नरेनको शानदार शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
cricket-nepal-malaysia-u16-2023-07-04.jpeg

काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपाल र घरेलु मलेसिया मैदानमा रहेका छन् । जितका लागि मलेसियाले २५३ रनको फराकिलो चुनौती पाएको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २५२ रन बनाएको छ । नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाएको हो । 

नेपालका लागि नरेनले शानदार शतक बनाएका छन् । उनले ८९ बलमा २ छक्का १० चौकाको मद्धतले अविजित रहँदै ११२ रन बनाए । 

निरजकुमार यादवले ४९ बलमा ४७, सन्तोष यादवले २९ बलमा २६ तथा सूयाँशु कोइरालाले २३ बलमा १८ रन बनाए । मुहम्मद अक्रमले ३ विकेट लिए ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ