arrow

नेपाल र आयरल्याण्ड मैदानमा, नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
cricket-nepal-ireland-2023-07-04.jpg

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत सातौँ स्थानका लागि नेपाल र आयरल्याण्ड भिडिरहेका छन् । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

दुवै टोली विश्वकपका लागि सुपर सिक्समा पुग्न नसकेपछि सातौँ स्थानका लागि नेपाल र आयरल्याण्ड भिड्न लागेका हुन् । दुवै टोली पहिलो पटक भिडन्त गर्दैछन् । 

नेपालले सातौँ स्थानको लागि भएको सेमिफाइनल खेलमा आइतबार यूएईलाई ३ विकेटले हराएको थियो । आयरल्याण्डले अमेरिकालाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ