arrow

'मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा' (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
binod-sir.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजश्व सङ्कलनको अवस्था डर लाग्दो रहेको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । 

उनले असार १७ गतेसम्म ९ खर्बको हाराहारीमा मात्रै राजश्व सङ्कलन हुनु र सरकारको साधारण खर्च १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गरे । 

सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

उनले राष्ट्र बैङ्कले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भए पनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ