arrow

एमालेले डाक्यो संसदीय दलको बैठक, प्रचण्डको अभिव्यक्तिप्रति आक्रामक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । 

बुधबार बोलाइएको प्रतिनिधि सभाको बैठक बस्नुअघि डाकिएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ । 

 आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले संसदमा आक्रामक हुने देखिएको छ । 

के भनेका थिए प्रचण्डले ?
प्रचण्डले सरदार प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैँले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’

नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रितम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उनको प्रशंसा गरेका थिए । 

सो क्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन मेहनत गरेको प्रसङ्ग पनि उठाएका थिए । उनले भनेका थिए, ‘उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ