arrow

आउँदै एसईईको नतिजा, प्रकाशनका लागि १६ संस्थालाई अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
exam-board1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले  जानकारी दिए ।

नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । 

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, ईडीयू सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्राली, खल्ती प्राली लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् । 

यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्राली, इजी सर्भिस प्राली, आकाश टेक प्राली लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । 

बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए । 

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ । 

पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ