- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको गौरादह नगरपालिका वडा न १ का स्थानीय सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा आफ्नो कारोबार बिग्रिएको भन्दै करोडौँ कुम्ल्याएर बेपत्ता भए पश्चात् स्थानीय चिन्तित भएका छ्न् ।
केही दिनअघि वडाध्यक्षलाई सामाजिक सञ्जालमार्फत एक पत्र पठाएर आफ्नो खोजी नगर्नु भन्दै विश्वकर्मा सम्पर्कविहीन भएका थिए । बेपत्ता सुनचाँदी व्यवसायीले पछिल्लो समय आफ्नो ब्यवसायमा मन्दीको नराम्रो असर परेका कारण व्यवहार थेग्न नसकेर परिवार छोडेर हिँडेको पत्रमार्फत जनाएका थिए ।
गौरादह क्षेत्रमै सबैभन्दा ठूलो कारोबार गर्ने सुनचाँदी व्यवसायीको रूपमा कहलिएका विश्वकर्माले आफूलाई नखोज्न पत्रमार्फत उल्लेख गरेका थिए ।
सुनचाँदी व्यवसायी सम्पर्कविहीन भएपछि विश्वकर्माको नाममा अहिले वडा कार्यालयमा उजुरी दिनेको संख्या बढ्दै गएको छ ।
आफूले दिएको पैसा फिर्ता गराइदिन अनुरोध सहित वडा कार्यालयलाई लेखिएका ब्यहोराका पत्रहरु बुधबार दिउँसोसम्म ३८४ जनाले निवेदन दिएको वडा कार्यालयका कर्मचारी रोहित चौलागाईंले हाम्राकुरालाई बताए ।
आइतबारदेखि वडा कार्यालयमा ३८४ जनाले बुझाएको निवेदनको आधारमा कूल रकम २१ करोड ६६ लाख १२ हजार ७ सय ९७ रुपैयाँ पुगेको छ ।
जेठ १५ गतेको मिति उल्लेख भएको बेपत्ता विश्वकर्माले आफू व्यवहार छोडी हिँडेकाले आफ्नो ब्यवहार मिलाइदिन गौरादह नगरपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई लेखेको पत्र फेसबुकमार्फत गत आइतबार वडा अध्यक्षले सार्वजनिक गरेका थिए ।
वडा अध्यक्ष भण्डारीले आफूलाई उनले सामाजिक संजालमार्फत पत्र उपलब्ध गराएको जनाए पश्चात् उनी बेपत्ता भएको जानकारी एकाएक बाहिरिएको थियो ।
कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बहाना गर्दै सर्वसाधारण र गौरादहका अधिकांश व्यावसायीहरुको करोडौँ रकम कुम्ल्याएर उनी बेपत्ता भएको स्थानीय बताउँछन् ।
यही असार १५ गते पत्र लेखेर बेपत्ता भएका उनले उद्योग वाणिज्य सङ्घलाई लिएको र दिएको हिसाबको रेकर्डका आधारमा व्यवहार मिलाइदिन सहजीकरणको लागि आग्रहसमेत गरेका छन् ।
‘बैङ्कमा राखिएको सबै गरगहना र हिसाबको रेकर्ड राखेको छु, सोही अनुसार मिलाइदिन वडाध्यक्षलाई पनि आग्रह गर्दछु’, विश्वकर्माले लेखेको पत्रमा उल्लेख छ ।
उनले गौरादह नगरपालिका वडा नं २ डिपुचौक नजिकै सोम सुनचाँदी पसल नामको सुनचाँदी व्यवसायका सञ्चालन गर्दै आएका थिए ।