arrow

पूर्वमुख्यमन्त्री र सांसदले पाए उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
rajendrakumar-rai.jpg

काठमाडौं ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । 

ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा बुधबार भएको फाइनल खेलमा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई २१-१७, २१-१९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । 

प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्वमन्त्री भानुभक्त ढकालको जोडी संयुक्तरुपमा तेस्रो भयो । 

नेकपा (एमाले) निकट संस्था नेपाल खेलकुद महासङ्घको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन सङ्घको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१-१६, २१-१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१-६, २१-७ ले पराजित गरेको थियो ।

विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, एमालेका खेलकुद इञ्चार्ज कर्ण थापा, खेलकुद महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतलगायतले पुरस्कार प्रदान गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ