- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको सामूहिक बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा वीपीनगरमा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।
बैठकका एजेन्डाहरुमा क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय रहेको काँग्रेस महामन्त्री गगनकुमार थापाले लेखेको पत्रमा उल्लेख छ ।
जिल्ला सभापतिहरुलाई लेखेको पत्रमा विवरणसहित उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।
यो बैठकले कांग्रेसलाई चलायमान बनाउने विश्वास केन्द्रको छ ।
यो बैठक बस्ने भएपछि नै हिजो पदाधिकारी बैठक बसेर केन्द्रीय समिति बैठक डाक्न दबाब पुगेको हो ।
प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नु पर्ने भए पनि संस्थापनले वास्ता नगरेपछि अहिलेमात्र दबाब परेको हो ।
हिजो बसेको पदाधिकारी बैठकले आगामी असार २७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यो बैठकले एक वर्षदेखि सुस्ताएको काँग्रेसको केन्द्रीय समिति पनि सक्रिय हुने अपेक्षा गरिएको छ ।
कांग्रेसको संस्थापन इतर पक्षले पटक पटक बैठक डाक्न आह्वान गरेको भए पनि नेतृत्वले नचाहेकाले एक वर्षपछि बल्ल केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।