arrow

पिएसजीका गोलकिपरको स्वास्थ्यमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
psg-.JPG

काठमाडौं ।  मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन(पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परि अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ ।

“सर्जियो रिकोलाई अहिले सघन कक्ष ९आईसीयू० सामान्य वार्डमा सारिएको छ जहाँ उन पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका थिए । 

उनलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,” अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ । 

बुधबारदेखि उनलाई वार्डमा भर्ना गरिएको छ । उनले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नेछन्। 

रिको कोमामा थिए तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार उन केही दिनदेखि होशमा आएका छन्  । फेरि कुराकानी गरिरहेका छन् । 

गोलकिपरले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जितेका थिए । सन् २०२० देखि लगातारपेरिस सेन्ट जर्मेनमा सामेल भइरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ