arrow

मेडिसिटीमा उपचाररत कोइरालाको स्वास्थ्यमा सुधार, भेटे काँग्रेस महामन्त्री शर्माले

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
kiran-koirala-bishwaprakash-sharma.jpg

काठमाडौँ । नेपाल मेडिसिटी हस्पिटलमा उपचाररत नेपाली काँग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइरालालाई महामन्त्री विश्वप्रकाश शर्माले भेटेका छन् ।

महामन्त्री शर्माले बुधबार साँझ मेडिसिटी पुगेर कोइरालालाई भेट्दै स्वास्थ्यलाभको कामना गरेका छन् । सो क्रममा कोइरालाले शर्मालाई ‘तपाईंहरु जस्तो युवाले अब जर्जर बन्दै गएको पार्टीलाई उकास्न लाग्नुस्, काँग्रेसलाई अझ उर्जावान बनाउन तपाईंहरुको मेहनतको खाँचो छ’, भनिन् । 

अस्पतालको शैयामा हुँदासमेत पार्टी र देशको चिन्ता गरेकी कोइरालालाई शर्माले धन्यवाद व्यक्त गरे । महामन्त्री शर्मा चाँडै निको भएर कार्यक्रममा भेट्ने भन्दै बाहिरिएका थिए । 

कोइरालाको स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार मेडिसिटी अस्पतालमा भर्ना गरेको कोइराला पुत्र एवम् काँग्रेस बाँके सचिव सुधांशु कोइरालाले बताए ।

उनी काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाकी भाइबुहारी तथा काँग्रेस बाँकेका पूर्व सभापति स्वर्गीय डा. अरुण कोइरालाकी पत्नी हुन् ।

अहिले कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको सुधांशुले जानकारी दिएका छन् ।



नयाँ