arrow

राष्ट्रिय सभाको बैठक बस्दै, एमालेले के गर्ला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
upper-house2.jpg

काठमाडौं ।  आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादित अभिव्यक्ति दिएको भन्दै सदन चल्न दिएको छैन । हिजोको प्रतिनिधि सभा बैठक पनि एमालेले  प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेको थियो । 

आज बस्ने  राष्ट्रिय सभाको बैठकमा पनि एमालेले के गर्छ हेर्न बाकी छ ।  आज बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ