arrow
ADVERTISEMENT

काँग्रेस जिल्ला सभापतिहरुसँग छलफल

महामन्त्रीद्धयले डाकेको जिल्ला सभापतिहरुको बैठकमा पुनर्जागरणको चर्चा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
min-bishwokarma-2080-03-21.jpg

काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीका गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीका गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । 

उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

उनले सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरुको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो राखेको बताए ।

उनले भने – ‘मन्त्री नै रहनुभएका पार्टी सभापतिहरुले मन्त्रीलाई परेका अपm्ठ्याराका बारेमा राख्नुभएको छ । मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरुले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ । सँगसँगै पार्टी सभापतिहरुले पार्टीका कार्यक्रमहरुमा केही शिथिलताहरु हुन थाले । केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस् । गहिरो ढंगबाट यसलाई छलफल गरोस् । विश्लेषण गरोस् र पार्टीलाई पुर्नताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरुको धारणा छ ।’

बैठकमा पार्टी रुपान्तरणका कुरासमेत भएका छन् । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले डाकेको बैठकमा रुपान्तरणको खाका के हो भनी सोधिएको थियो । 

रुपान्तरण कसरी गर्ने र गुटगत हो कि पार्टीको सम्रग रुपान्तरण हो भनीसमेत जिल्ला सभापतिहरुले प्रश्न गरेका थिए । 

काँग्रेस चलायमान नभएको भन्दै गगन थापाले नै यो बैठक बोलाएका हुन् । यो बैठक बस्ने भएसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई बोलाएर आगामी २७ गते केन्द्रीय कार्यसमिति बैठक डाक्ने निर्णय गरेका हुन् । 

पटक पटक बैठक डाक्नका लागि महामन्त्री थापाले आग्रह गर्दासमेत देउवाले बेवास्ता गरेपछि जिल्ला सभापतिहरुलाई छलफलमा डाकेका हुन् । 

उनले सभापतिहरुलाई जिल्लाको क्रियाशील सदस्यतादेखि नवीकरण र अभिलेखीकरणको सम्पूर्ण विवरण पेश गर्नसमेत पत्र काटेका थिए । 

महामन्त्रीद्धयको यो कदमले शान्त भएर बसिरहेको नेतृत्वलाई भने झक्झक्याएको छ । अहिलेकै शैलीमा जाने हो भने २०८४ मा पार्टीको अवस्था अझ खस्कने भन्दै गगनले जसरी पनि काँग्रेसलाई रुपान्तरण गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका छन् । 

यो बैठकमा पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषयमासमेत छलफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ