arrow

कांग्रेस भ्रातृसंघ समन्वय विभाग गण्डकीलाई सशक्त बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
ajit chhetri.jpg

पोखरा । नेपाली काङ्ग्रेस भातृसंघ समन्वय विभाग गण्डकी प्रदेशले पार्टी र भातृ संस्थाहरु बीच समन्वय गर्ने र विधानले तोकेबमोजिम विभागलाई सशक्त बनाउने निर्णय गरेको छ । 

विभागको पहिलो बैठकले नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिसङ्ग समन्वय गर्दै भातृसंस्थाहरुको वर्तमान सागंठनिक स्थिति, गतिविधि र तथ्यांक संकलन गर्ने निर्णय गरेको सदस्य सचिव सुवास पौडेलले जानकारी दिए । 

यसैगरी नेपाली काङ्ग्रेस गण्डकी प्रदेससंग समन्वय गर्दै प्रदेश स्तरीय १४ वटै भातृसंस्था निर्माणका लागि सम्बन्धित संस्थाहरुसंग पहल गर्ने,  भातृसंस्थालाई वार्षिक कार्ययोजना र कार्यसम्पादन प्रतिवेदन माग गरि राम्रो कार्यसम्पादन हुने भातृ संस्थाहरुलाई प्रोत्साहन गर्ने निर्णय भएको पौडेलले बताए । 

यस्तै, काङ्ग्रेसको अनलाइन साधारण सदस्यता अभियान सफल बनाउन भातृसंस्थाहरु परिचालन गर्नेसमेत बैठकले निर्णय गरेको सदस्य सचिव पौडेलले जानकारी दिए । बैठक विभागका अध्यक्ष अजित क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



नयाँ