arrow

आज यी स्थानमा वर्षा, तराईमा हावाहुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  हाल देशभर  आंशिक देखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

यी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ