arrow

एमालेको प्राथमिकतामा सत्ता छैन : पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
shankar-pokharel-uml-general-secretary-.jpg

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन् ।

नेकपा (एमाले) रामेछाप-काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको अभिमुखीकरणमा उनले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए । 

 उनले बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा नेकपा (एमाले) लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए ।

उनले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको भनाइ राखे।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ