arrow

तामाङको अन्तिम संस्कार गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
rabin-tamang.JPG

काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको आज अन्तिम दाह संस्कार गरिँदैछ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । 

 गायक रोबिनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए ।

 उनका केटाकेटी...,चिसो चिसो...लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन् भने उनले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ