arrow

रोबिनको अन्तिम बिदाइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
robin-tamang-gagan-thapa-2080-03-24.jpg

काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको आज अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखियो । 

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको थियो । 

उक्त श्रद्धाञ्जली कार्यक्रममा सञ्चार मन्त्री रेखा शर्मा, पर्यटन मन्त्री सुदन किराँती तथा नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरुले राष्ट्रिय झण्डा ओढाएर  श्रद्धाञ्जली अर्पण गरेका थिए । 

गायक रोबिनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए ।

 उनका केटाकेटी...,चिसो चिसो...,लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन् भने उनले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गरेका थिए ।

4H0A5026.JPG
4H0A5029.JPG
4H0A5047.JPG
-MG-9918.JPG
-MG-9925.JPG
-MG-9926.JPG
-MG-9928.JPG
-MG-9941.JPG
-MG-9947.JPG
-MG-9955.JPG
-MG-9981.JPG
-MG-0034.JPG
-MG-0051.JPG
-MG-0055.JPG
-MG-0061.JPG
-MG-0083.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ