arrow

उपत्यकाब्यापी छन्द कवितामा संस्कृति, एलिट ग्राण्ड र डियर वाक विजयी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
aryashree-bhanu-jayanti-2080.jpg

काठमाडौँ । २१० औँ भानुजयन्तीको उपलक्ष्यमा उपत्यकाब्यापी अन्तर विद्यालय छन्द कविता वाचन प्रतियोगिता आयोजना भएको छ । 

रातो बंगला स्कुलले आयोजना गरेको प्रतियोगितामा संस्कृति इन्टरनेशनल स्कुलका आर्णभ मानन्धर पहिलो, एलिट एन्ड ग्राण्ड स्कुलकी आर्याश्री चम्लागाईँ दोस्रो तथा डियर वाक स्कुलका आयान राई तेस्रो भएका छन् । 

५ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थीबीच भएको प्रतियोगितामा उपत्यकाका २० विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिस्पर्धामा नेशनल क्रिएटिभ कोएजुकेशनल स्कुल, पाठशाला नेपाल, रिलायन्स इन्टरनेशनल स्कुल, जेम्स, मल्पी, एभरेष्ट इङ्गलिश स्कुल, काठमाडौँ प्रज्ञा कुञ्ज, ब्राइटर फ्युचरका विद्यालयका विद्यार्थी सहभागी भएका हुन् ।  

पछिल्लो पुस्ताले छन्द कविता बिर्सदै जाँदा रातो बंगलाले विगत २५ वर्षदेखि निरन्तर यो प्रतियोगिता आयोजना गर्दै आएको विद्यालयकी निर्देशक शान्ता दीक्षितले जानकारी दिइन् । 

यसको शुरुआतका लागि वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले २५ वर्षअघि झक्झक्याएपछि थालनी गरिएको रातो बंगला नेपाली विभाग प्रमुख सुधा ओझाले बताइन् । 

निर्णायक मण्डलमा साहित्यकारहरु प्राडा षडानन्द पौडेल, कृष्णप्रसाद पराजुली र टीकाराम शर्मा रहेका थिए । सो क्रममा प्राडा पौडेलले मेहनत गर्दै जाने हो भने छन्दमा राम्रो गर्न सकिने भन्दै सहभागीहरुलाई कवि बन्ने लक्षण रहेको भन्दै शुभकामना दिए । 

 



लोकप्रिय समाचार
नयाँ