arrow

एसईई कप बास्केटबलको उपाधि मनास्लु र आईएसलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
threebythree-basketball-2080-03-24.jpg

काठमाडौँ । मनास्लु वल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गल्र्समा च्याम्पियन बने ।    

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा आइतबार मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्यो ।

  गल्र्सको उपाधि भिडन्तमा आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो । ब्वाइज–गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

    ब्वाइजमा मनास्लुका कोसिस भुजेल तथा गल्समा आईएसकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।

 विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिल्वाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ