arrow

आर्मी र एपिएफको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
volleyball-national-army-2080-03-24.jpg

काठमाडौं ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो जित दर्ता गराएका छन् ।

आर्मीले आइतबार दावाँली मिलन क्लबलाई २-१९, २५-११, २५-२० अङ्कले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि भएको पहिलो खेलमा आर्मीले सैलुङ बाघढुङ्गालाई पराजित गरेको थियो । 

आइतबारै भएको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-१ ले पराजित गर्दै विजयी भएको हो । पहिलो सेट २१-२५ ले गुमाएको एपिएफ खेलमा फर्कंदै लगातार बाँकी तीन सेट २५-२१, २५-२३, २५-१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । 

प्रतियोगिताको दाबेदार टिम टिपटप हेल्प नेपालले पनि आइतबार आफ्नो पहिलो खेलमा सैलुङ बाघढुङ्गा स्पोर्ट्स कलब, रामेछापलाई ३-० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो । 

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङलाई २५-१२, २५-१५, २५-१९ ले पराजित गर्‍यो । 

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगको महिलातर्फको खेलमा एपिएफले आर्मीलाई ३-२ को सेटमा पराजित गर्‍यो । खेलमा पहिलो र दोस्रो सेट ३०-२८, २५-२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेस्रो सेट २०-२५ र चौथो सेट १९-२५ ले जित्यो । निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५-६ ले जित हात पार्दै विजयी भयो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-० सेटले पराजित गर्‍यो । डायमण्डले गण्डकीलाई २५-१७, २५-१६, २५-१५ ले पराजित गर्‍यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ